ललितपुरमा चिरिबाबुले कटाए ३० हजार मत, १२ हजार ६५९ मतान्तरले अघि

ललितपुरमा चिरिबाबुले कटाए ३० हजार मत, १२ हजार ६५९ मतान्तरले अघि

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ३० हजार ८६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार २०१ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले ३ हजार ३६३ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् । उनले १७ हजार ७१६ मत ल्याएकी छिन् भने हालसम्म नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले १२ हजार ६६६ मत प्राप्त गरेका छन्। राप्रपाकी स्वर्णिमा शाक्यले हालसम्म ४ हजार ९७९ मत प्राप्त गरेकी छिन्।

Skip This
Skip This
Logo