धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) विजयी भएका छन्। उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मयरमा विजयी भएका हुन्।

उनले २० हजार ८२१  मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९  मत प्राप्त गरे। 

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१०  मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा  एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

Logo