भरतपुरमा रेनुले पाइन् ३८ हजार ६५५ मत, सुवेदीकाे कति ?

भरतपुरमा रेनुले पाइन् ३८ हजार ६५५ मत, सुवेदीकाे कति ?

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले ८ हजार ४९२ मतले अग्रता लिएकी छन्।

पछिल्लाे  मतगणना हुँदासम्म दाहालले ३८ हजार ६५५ मत प्राप्त गरेकी छन्। नेकपा (एमाले) का विजय सुवेदीले ३० हजार १६३ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले १२ हजार ६४१ मत पाएका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई १७ हजार ३७ मतान्तरले अग्रता लिएका छन्। अधिकारीले ४० हजार ९०० मत प्राप्त गर्दा गुरुङले २३ हजार ८६३ मत प्राप्त गरेकी छन्।

Logo