झापाको शिवसताक्षी नगरपालिका प्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
प्रमुख पदमा नेकपा एमाले) का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गाना १३ हजार ५० मत ल्याई पराजित भए ।
उपमेयरमा एमालेकी नरमाया कार्की विजयी भएकी छन् । कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया