झापाकाे गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जना महिला विजयी

झापाकाे गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जना महिला विजयी

केन्द्रबिन्दु
0
Shares

झापाकाे गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला विजयी भएका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार फुलवती राजवंशी अध्यक्षमा र एमालेकी उम्मेदवार पूजन न्यौपाने उपाध्यक्षमा विजयी भएका हुन् ।

कांग्रेसकी फुलवतीले ५ हजार ६८९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवालले ३ हजार ३३० मत ल्याएका छन् ।

यस्तै न्यौपानेले ४ हजार ७५५ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका मखना महताेले ३ हजार ७९५ मत ल्याएका छन् ।

Logo