१ लाख २८ हजार मत गणना हुँदा बालेनलाई करिब १८ हजार मतको अग्रता

१ लाख २८ हजार मत गणना हुँदा बालेनलाई करिब १८ हजार मतको अग्रता


काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धी भन्दा करिब १८ हजार मतले अग्रता कायम गरेका छन् ।

काठमाण्डौको पछिल्लो मत परिणाम अनुसार शाह गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंह भन्दा १७ हजार ९०६ मतले अगाडि रहेका छन् । महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गणना हुँदा बालेनले ४३ हजार ८ सय ५० मत भएका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहको २५ हजार ९ सय ४४ मत छ ।  तेस्रो स्थानमा झरेका नेकपा एमालेका केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । 

Logo