बालेनलाई साढे १८ हजार बढी मतको अग्रता

बालेनलाई साढे १८ हजार बढी मतको अग्रता


काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन् । 

सोमबार बिहान साढे ११ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन ४५ हजार ९ सय ८२ मतसहित पहिलो नम्बरमा छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले २७ हजार ४ सय २३ मत पाएकी छन् । 

बालेनले सिर्जनाको भन्दा १८ हजार ५ सय १९ मत धेरै पाएका छन् । तेस्रो स्थानमा धकेलिएका एमालेका केशव स्थापितले २६ हजार ४ सय ५४ मत पाएका छन् । सिर्जना र स्थापितको मतान्तर ९ सय १६ छ । काठमाडौंमा अब ५७ हजार ९९ मत गन्न बाँकी छ । यहाँ १ लाख ९० हजार ९८४ मत खसेको थियो ।

Logo