भरतपुरमा रेनु १० हजार १२६ मतले अगाडि

भरतपुरमा रेनु १० हजार १२६ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर फराकिलो हुँदै गएको छ । 

अहिलेको  मत परिणाम अनुसार नेकपा एमालेका प्रमुख उम्मेदवार विजय सुवेदी सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी दाहाल भन्दा  १० हजार १२६ मतले पछि परेका छन् । 

अहिलेसम्म रेनु दाहालले ४४ हजार ३०५ मत ल्याएकी छन् भने सुवेदीले अहिलेसम्म ३४ हजार १७९ मत ल्याएका छन् । रेनु र विजयबीच १० हजार १२६ मतको फरक छ ।  मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भने १३ हजार ५१५ मत छ ।

उपमेयरमा पनि सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन् । उनले ४५ हजार ४६८ मत ल्याउँदा एमाले राप्रपा गठबन्धनबाट राप्रपा उम्मेदवार हिमला गुरुङले २७ हजार ४६ मत पाएकी छन्

Skip This
Skip This
Logo