कास्कीको पोखरा महानगरपालिकामा धनराज आचार्यको अग्रता कायमनै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो विवरणअनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवारी दिएका धनराज आचार्य ४ हजार २९ मतले अग्रता कायम राखेका छन् ।
हालसम्म आचार्यले ५० हजार ६१२ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४६ हजार ५८३ मत पाएका छन् । थापा आचार्य भन्दा ४ हजार २९ मतले पछाडि परेका छन् । नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले ५ हजार ३३७ मत पाएका छन् ।
उपप्रमुख पदमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले पनि अग्रता कायमै गरिरहेकी छिन् । सुरुवाती अग्रतामा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट अगाडि रहे पनि पछि गुरुङको अग्रता रहँदै आएको छ ।
गुरुङले कांग्रेसकी रानाभाटलाई ३ हजार ५८७ मतले पछाडि पारेकी छन् । गुरुङले ५३ हजार १७३ मत पाउँदा रानाभाटको पक्षमा ४९ हजार ५८६ मत प्राप्त भएको छ।





























प्रतिक्रिया