वीरगञ्जमा सरावगी सिंहभन्दा १९ हजार ७१५ मतान्तरले पछि

वीरगञ्जमा सरावगी सिंहभन्दा १९ हजार ७१५ मतान्तरले पछि

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १९ हजार ७१५ मतान्तरले अग्रता लिएका छन् ।
    
गठबन्धनका उम्मेदवार सिंहले ४० हजार १७२ मतसहित अग्रता कायमै राखेका हुन्। नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले २० हजार ४५७ मत प्राप्त गरे ।

महानगरपालिकामा हालसम्म ३२ मध्ये २० वडाको मात्र मतगणना भएको छ। महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पनि चुनावी तालमेल भएको थियो।

Logo