भरतपुरमा मतगणना जारी, रेनुलाई १२ हजार बढी मतको अग्रता

भरतपुरमा मतगणना जारी, रेनुलाई १२ हजार बढी मतको अग्रता

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ ।

अब जम्मा ३ हजार मत गणना हुन बाँकी छ । अन्तिम मत परिणाम नआउँदै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तर बनाउँदै जित सुनिश्चित गरीसकेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ५१११२ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३८९७२ मत ल्याएका छन् । एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले १२१४० मतले पछाडि छोडेकी छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७०५ मत पाएका छन्।

उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवार फराकिलो मतसहित अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ५१९०३ मत पाएका छन् । उनलाई एमाले९राप्रपा गठबन्धनका उम्मेदवार हिमला गुरूङले ३०३२६ मतसहित पछ्याइरहेकी छन्। 

Logo