बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनीयताको शपथ

बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनीयताको शपथ

केन्द्रबिन्दु
0
Shares

बाराका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण गरेका छन् ।  यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

निजगढ नगरपालिकाका नागर प्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङ्गसहित वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले उपप्रमुख थिङ्गलाई पहिले शपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरूलाई ईश्वर, देश र जनताको नाममा पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ कार्यक्रमपछि उपप्रमुखसहित सबैले पदबहाली गरेका छन् ।

जीतपुरसरिमा उपमहानगरपालिकाका जनप्रतिनिधिले सोमबार पदभार ग्रहण गरे लगत्तै पदबहाली गरेका हुन् भने कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आइतबार नै शपथ लिएका थिए । उनीहरूले आज पदबहाली गरेका छन् । मुख्य निर्वाचन अधिकृतसँग शपथ लिएपछि साहले उपमहानगरका अन्य जनप्रतिनिधिलाई शपथ गराएका थिए । शपथ ग्रहण गराएसँगै नगर प्रमुख साहले पदभार ग्रहण गरेका छन् । 

यस्तै, बाराका अन्य पालिकामा समेत शपथ ग्रहण र पदभार ग्रहण गरेका छन् । बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आईतबार नै शपथ लिएका थिए । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई शपथ खुवाएका हुन् ।

Logo