स्थानीय तह निर्वाचन : हालसम्म ३४ हजार ७४१ पदमा निर्वाचित

स्थानीय तह निर्वाचन : हालसम्म ३४ हजार ७४१ पदमा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित मंगलबारसम्म ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा मङ्गलबार ७ बजेसम्म प्रविष्ट भएको विवरणअनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का पाँच हजार १९, जनता समाजवादी पार्टी, नेपालका एक हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९ र नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका छन् ।

यसैगरी जनमत पार्टी (जपा) का ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टी, नेपालका १७, तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझा पार्टीका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नौ, नेपाल लोकतान्त्रिक पार्टीका सात, राष्ट्रिय जनमुक्ति पार्टीका सात, नेपाली कांग्रेस (विपी) का सात, बहुजन शक्ति पार्टीका ६, बहुजन एकता पार्टी नेपालका पाँच, नेपाल सुशासन पार्टीका चार, नेकपा (माओवादी समाजवादी)का दुई, नेपाल सद्भावना पार्टीका एक र स्वतन्त्रका ३८३ जना निर्वाचित भएका छन्।

Skip This
Skip This
Logo