वैदेशिक रोजगारीको विज्ञापन म्यानपावर कम्पनीको वेबसाइटमा अनिवार्य राख्नुपर्ने

वैदेशिक रोजगारीको विज्ञापन म्यानपावर कम्पनीको वेबसाइटमा अनिवार्य राख्नुपर्ने


वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ । 

वैदेशिक  रोजगार  विभागले यसअघि  म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरे हुनेमा अब आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको हो । विभागले सूचना प्रकाशित गर्दै व्यवस्थाबारे जानकारी गराएको छ ।

विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था गरिएको छ । अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृति बमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आ–आफ्नो संस्थाको वेबसाइटमा अनिवार्य राख्नुपर्ने भएको छ ।  त्यसो गरेको नपाइएमा कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Logo