इजरायलमा पाँच सय नेपालीलाई रोजगारी

इजरायलमा पाँच सय नेपालीलाई रोजगारी

केन्द्रबिन्दु
0
Shares

इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ । 

पहिलो चरणमा इजरायल गएका बाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे पनि दोस्रो चरणमा पाँच सय जनाको कोटा इजरायलले पठाएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकोमा इजरायल पक्षले अस्वीकार गर्दै आएको छ । विभागका निर्देशक एवं इजरायल जापान शाखाका प्रमुुख डम्बरबहादुर सुनुवारका अनुसार पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने हुन्छ। 

नेपालमा तत्काल रोजगारीको सम्भावना नभएको र विप्रेषण आयसमेत घट्दै गइरहेको भन्दै सरकारले नेपाली युवालाई रोजगारीका लागि इजरायल पठाउने योजनासहित थप एक हजार युवालाई रोजगारी दिन अनुरोध गरेको थियो तर इजरायल पक्षले पहिला सकारात्मक देखिए पनि तत्काल पाँच सय जना लग्नेगरी प्रस्ताव पठाएको विभागले जनाएको छ ।

इजरायलमा केयर गिभरको सहायक श्रमिकमा जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर पारिश्रमिक पाउँदै आएका छन् ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

Skip This
Skip This
Logo