राजधानीमै सामूहिक बलात्कारमा संलग्न दुर्इ जना एक वर्षपछि पक्राउ

राजधानीमै सामूहिक बलात्कारमा संलग्न दुर्इ जना एक वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल प्रहरीले ललितपुर गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका फरार तीन जना मध्ये दुई अभियुक्तलाई पक्राउ गरेको छ । गत वर्षको २ मंसिरमा भएको घटनाका अभियुक्तलाई महानगरीय अपराध महाशाखाले बुधबार ललितपुर गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले अभियुक्त दुई जनालाई गोदावरीबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार सामूहिक बलात्कार घटनाका अर्का अभियुक्त रघु सिलवाल भने अझै फरार रहेको र उनको खोजी भइरहेको छ । गत वर्ष गोदावरी–१ गोदामचौरकी २२ वर्षीया विवाहित युवती सामूहिक बलात्कारमा परेकी थिइन् ।

युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा सुरुमा तीनै जना पक्राउ परेका थिए । जिल्ला अदालत ललितपुरले २६ पुसमा पर्याप्त प्रमाण नभेटिएको भन्दै साधारण तारेखमा छोडेको थियो ।
राजधानीबाट

Skip This
Skip This
Logo