कोरोना उपचारमा खटिनेले भत्ता पाएनन्, मन्त्रालयमा बस्नेले भने थरीथरी भत्ता बुझे

कोरोना उपचारमा खटिनेले भत्ता पाएनन्, मन्त्रालयमा बस्नेले भने थरीथरी भत्ता बुझे


कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्ता समेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् ।

मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन् । प्रायः कर्मचराीले प्रत्येक दिनको भत्तासमेत बुझेका छन् । काजमा जानेले भ्रमण भत्ता लिएका छन् । स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २३ सम्म १२ वटा बैठक बसेको थियो ।

ती बैठकमा उपस्थित भएको भन्दै डा. विकास देवकोटा, मुक्तिनाथ न्यौपाने, सानुबाबु अधिकारी, पुष्करराज नेपाल, पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, प्रकाश पोखरेल, विजयत्राmन्ति शाक्य, दीपक महर्जन, सन्तोष सुवेदी र उत्तमकुमार श्रेष्ठले १ हजार ५ सयका दरले भत्ता लिएका छन् ।

बैठक भत्ता लिएकाहरुले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम भत्ता दुवै थापेका छन् । यही प्रकृतिको बारम्बार बैठक राखेर भत्ता लिने अर्को समिति हो स्वास्थ्य संस्थाको तहगत संरचना र तिनले प्रदान गनेए सेवा प्रवाह, मापदण्डलगायतको विषय तय गर्न गठित समिति ।

यो समितिले पनि असारमा ९ वटा बैठक राखेर हरेकले २ हजारका दरले भत्ता लिएका छन् । यसरी एउटै विषयमा पटक पटक बैठक राखेर भत्ता लिनेमा डा. रोशन पोखरेल, रघुराम विष्ट, गुणराज लोहनी, डा. विकास देवकोटा, डा. जागेश्वर गौतम, डा. तारानाथ पोखरेललगायत छन् ।

एउटै व्यक्तिले जोखिम भत्ता, बैठक भत्ता र भ्रमण भत्ताबापत रकम लिएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियन र चालकसम्म कात्तिकसम्मको भत्ता लिइसकेका छन् ।

मन्त्रालयमा बस्नेहरुले कोभिड भत्ता भन्दै तलब सुरु स्केलको ५० प्रतिशत भत्ता लिएका हुन् । संक्रमितको उपचारमा खटिनेलाई दिने भनिएको शतप्रतिशत भत्ता उपलब्ध गराउने जिम्मेवारीमा बस्ने मन्त्रालयका कर्मचारीले भत्ता पाइसक्दा मन्त्रालय निर्देशनअनुसार काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले भने केही पाएका छैनन् ।

स्वास्थ्य मन्त्रालयले मंसिर १२ मा सूचना जारी गरेर जोखिममा रहेर काम गर्ने सबैलाई मन्त्रालयकब.बाट रकम निकासा भइसकेको जनाएको छ । तर अहिलेसम्म उनीहरुले कोरोना जोखिम भत्ता पाउन सकेका छैनन् । कान्तिपुर दैनिकमा समाचार छ । 

Logo