‘अब आँखा खोल्नुहोस् केपी जी’ अलिकति नैतिकता भए तत्काल राजीनामा दिनुहोस्’ :  प्रचण्ड 

‘अब आँखा खोल्नुहोस् केपी जी’ अलिकति नैतिकता भए तत्काल राजीनामा दिनुहोस्’ :  प्रचण्ड 

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् । उनले अलिकति लाज, घिन र नैतिकता भए तत्काल राजीनामा दिन ओलीलाई सुझाएका हुन् । 

‘केपी जी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस्’, प्रचण्डले भने 

सर्वोच्चको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयले नेपाली जनताको विजयी भएको बताए । उनले यो विजयका लागि नेपाली बौद्धिक, न्यायाधिक समुदायसँगै संविधानविद् र कानुनविद्लाई धन्यवाद दिए। 

उनले पार्टी अध्यक्षको हैसियतमा सबै पार्टी पंक्तिलाई देशभर खुशीयाली मनाउन अपीलसमेत गरेका छन् । अन्नपूर्णबाट

Logo