प्रधानमन्त्रीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

प्रधानमन्त्रीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव
सत्ता पक्षकै बेन्चमा बस्ने छन् नेकपाका दुवै पक्ष

नयाँ पेज
14
Shares
facebook sharing buttonmessenger sharing buttonwhatsapp sharing buttontwitter sharing button
प्रकाशित मिति : March 6, 2021

काठमाडौं, २२ फागुन । नेकपाको प्रचण्ड–नेपाल समूहले राजीनामा नगरे प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने घोषणा गरेको छ । संसद् बैठकको पूर्वसन्ध्यामा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले शीर्ष नेतृत्वलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने म्यान्डेट दिएको छ ।

सो समूहका अध्यक्ष एवं शुक्रबार नै संसदीय दलको नेता चयन भएका पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनभित्र नयाँ समीकरणबारे टुंगो लाग्ने र त्यतिन्जेल प्रधानमन्त्री ओलीको राजीनामा नआए अविश्वासको प्रस्ताव अगाडि बढ्ने बताए । ओलीले अविश्वासको प्रस्तावको बाटोमा जान आफूहरूलाई बाध्य बनाएको प्रचण्डको भनाइ थियो ।

‘आउने दिन सहज बनाउन संसद् पुनस्र्थापना भइसकेपछि र आज संसदीय दलको बहुमतले मलाई दल नेता निर्वाचित गरिसकेपछि प्रधानमन्त्री ओलीले अविलम्ब राजीनामा दिनु उहाँको र देशका लागि पनि सहज हुन्छ,’ प्रचण्डले भने, ‘उहाँले दिनु भएन भने हामी संविधान, कानुन, नियम, प्रक्रियाअनुसार संसद्बाट नै समाधान खोज्छौँ । अविश्वासको प्रस्तावको बाटोबाटै जान उहाँले बाध्य पार्नुभएको छ, हामी त्यही बाटो जान्छौँ ।’

तर, नेता देव गुरुङले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे निर्णय भइनसकेको बताए । ‘कुनै पनि हालतमा उहाँले राजीनामा दिनुभएन भने विकल्पको बाटो अविश्वासको प्रस्ताव हुन सक्छ । तर, पहिलो आग्रह राजीनामाकै माग हो,’ गुरुङले भने । गुरुङका अनुसार सत्तासमीकरणलाई लिएर विभिन्न तहमा छलफल भए पनि ठोस निर्णय हुन बाँकी छ । ‘राजनीतिक नेताको बीचमा भविष्यका सम्भाव्य मार्गचित्रबारे कुराकानी हुन सक्छ । तर, अहिले राजनीतिक दलहरूका बीचमा कुनै पनि निर्णय भइसकेको छैन,’ उनले भने, ‘कसलाई प्रस्ताव गर्ने वा कसैलाई नगर्ने भन्नेबारेमा कुनै निर्णय भएको छैन ।’

प्रचण्ड संसदीय दलको नेता चयन, दलको बैठकमा एक सय ११ सांसदको उपस्थिति भएको दाबी
नेकपा संसदीय दलको बहुमत सदस्यको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि प्रचण्ड–नेपाल समूहको दल बैठकले प्रचण्डलाई दलको नेता बनाएको थियो । तर, संसद् पुनस्र्थापनापछि पुनः बहुमत सदस्यको बैठकले प्रचण्डलाई दलको नेता बनाएको हो ।

दलको नेतामाथिको अविश्वासको प्रस्तावको निर्णय विधानतः संसदीय दलको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट हुनेछ । नेकपाको संघीय संसद्मा दुई सय २४ जना सांसद (प्रतिनिधिसभामा सभामुखबाहेक एक सय ७२ छन् । राष्ट्रिय सभामा मनोनीतसहित ५० जना छन् ।) तर, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको दलको बैठकमा सहभागी हुँदैनन् । त्यसैगरी प्रतिनिधिसभाका सभामुख पनि दलको बैठकमा सहभागी हुँदैनन् । नेकपाकै एक सांसदको निधन भएको छ । यसरी हेर्दा संघीय संसद्मा नेकपाका दुई सय २० सांसद हुन्छन् । बहुमतका लागि एक सय ११ सांसद चाहिन्छन् ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकमा एक सय ११ जना सांसदको उपस्थिति रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

Skip This
Skip This
Logo