नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड र बाबुरामले जनताको मुद्धा बिर्सेकै कारण धुलोपिठो भएको टिप्पणी गरेका छन् । ‘प्रचण्ड र बाबुरामले गलत बाटो लिए’ कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने।
उनले सहिद परिवार, बेपत्ता र किसान मजदुरको मुद्धा विर्सेकै कारण अहिलेको स्थिती पैदा भएको बताए। ‘मन्त्री त हामी पनि हुनसक्थ्यौँ’ उनले भने,–‘गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई कारवाही गर्नु गल्ती हो ’ उनले सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको दाबी गरे ।
न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको उनको भनाइ छ। महासचिव विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गरे। बम टेक्दै र हतियार खोस्दै हिँड्न सक्ने बताउदै उनले महिलाले सम्पत्तिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए। न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवको दाबी छ ।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया