‘ओली जस्तो तानाशाह नेपालमा अहिलेसम्म जन्मिएका थिएनन्’ : घनश्याम भुसाल

‘ओली जस्तो तानाशाह नेपालमा अहिलेसम्म जन्मिएका थिएनन्’ : घनश्याम भुसाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको महासचिव बाहेकका पदाधिकारी हटाउने निर्णय मुर्खतापूर्ण कदम भएको जनाउँदै ओली जस्तो तानाशाह नेपालमा अहिलेसम्म नजन्मिएको बताएका छन् ।

दशकौं अघि अफ्रिकी मुलुकहरुमा तानाशाहहरुले ओलीको जस्तै हर्कत देखाउने गरेको भुसालले बताए। ओलीले स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भुसालले जनाएका छन् ।

ओलीले दुई तिहाईको बहुमत र पार्टी एकता सिध्याएर अब नेकपा एमाले नै सिध्याउनतिर लागेको भुसालले जनाएका छन् ।

शुक्रबार ओलीले आफ्नो पक्षका नेताहरुलाई बोलाएर बैठक गर्दै दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका सबै पदाधिकारी हटाएका छन्। यस लगत्तै माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुको बैठक बसेको थियो ।नेपाल समाचारपत्रबाट

Logo