‘राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने, ओलीको चियापानमा नजाने’ : नेपाल समूह

‘राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने, ओलीको चियापानमा नजाने’ : नेपाल समूह

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बानेश्वरमा आफ्ना पक्षलाई जानकारी गराएका छन्। 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि खनाल नेपाल पक्षले बानेश्वरस्थित अर्याल होटेलमा आफ्ना पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्णय गरेको छ।

धुम्बाराहीबाट फर्किएपछि बानेश्वरमा बसेको​ खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले समूहका नेता कार्यकर्तालाई उक्त चियापानमा नजान समेत निर्देशन दिएको हो । खनाल नेपाल समूहले शनिबार चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई पनि नरोक्ने बताएको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने खनाल नेपाल पक्षले बताएको हो।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo