औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको जानकारी गराए।
योसहित नेपालमा कोरोनाविरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् । यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन्। महानिर्देशक भट्टराईले अझै नेपालमा प्रयोगका लागि दुईवटा कम्पनीले निवेदन दिएको बताए। महानिर्देशक भट्टराईका अनुसार रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन्। उक्त निवेदनमाथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ।
औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा शुक्रबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि भारतीय कम्पनी कोभ्याक्सलाई अनुमति दिएको हो।
आकस्मिक प्रयोगका लागि कोभ्याक्सिनले अनुमति पाएको भन्दै महानिर्देशक भट्टराईले कम्पनीले सबै प्रक्रिया पुरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई आकस्मिक अनुमति दिएको जानकारी दिए। नेपालमा अहिलेसम्म कोभिसिल्ड खोप प्रयोग भइरहेको छ। कोभिसिल्ड खोप यतिखेर अभाव रहेको छ।गोरखापत्रबाट





























प्रतिक्रिया