टर्दै वैकल्पिक सरकारको सम्भावना

टर्दै वैकल्पिक सरकारको सम्भावना


प्रमुख प्रतिपक्ष काँग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काल टरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग काँग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो । अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि सत्ता समीकरणका विषयमा अनिर्णीत छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन काँग्रेस, माओवादी र जसपा सबै एकै ठाउँमा उभिनुपर्छ । यी तिनै दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रष्ट बताइसकेका छन् । उनले विराटनगरमा त्यस्तो अभिव्यक्ति दिँदै गरेको बेला जसपाका नेताहरु भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ता गरिरहेका थिए ।

काँग्रेस नेताहरुका अनुसार माओवादीले सरकारबाट अलग भएको घोषणा गर्यो भने भिन्न परिस्थिति खडा हुन सक्छ । माओवादीको जोड तीन दलबाट संयुक्त अविश्वासको प्रस्ताव दर्ता गर्नेमा थियो । काँग्रेस तयार नभएपछि अविश्वासको प्रस्ताव ल्याउने सम्भावना देखिँदैन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Logo