रेशम चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे

रेशम चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यूँ, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’ जेलर पुरी आफ्नै कार्यकक्षमा थिए ।

उनले हतार हतार कर्मचारीलाई बोलाएर कार्यकक्षका टेबल–सोफा मिलाउन निर्देशन दिए । त्यसको केहीबेरमा करिब सवा ८ बजेतिर सुरक्षाकर्मीको दलबलसहित मन्त्री भट्ट कारागार प्रवेश गरे ।
मन्त्रीलाई स्वागत गर्दै जेलर पुरीले सिधै आफ्नो कार्यकक्षमा लगे । केहीबेरमै कैलाली–१ का निलम्बित सांसद रेशमलाल चौधरी जेलरको कार्यकक्षमा आए । मन्त्री भट्टले जेलरसँगै बसेर चौधरीसँग करिब २० मिनेट जति कुराकानी गरे ।

स्रोतका अनुसार भेटमा सरकारमा चौधरी आबद्ध दल जनता समाजवादी पार्टी (जसपा) लाई भित्र्याउने गरी अनौपचारिक कुराकानी भएको थियो । त्यसका लागि चौधरीमार्फत पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टलाई पठाएका हुन् ।

भेटका बेला चौधरीले ‘मलाई फसाइयो, निर्दोष छु, रिहाइका लागि पहल गरिदिनुस्’ भनेका थिए । मन्त्री भट्टले ‘तपाईं मर्कामा पर्नुभएको हामीलाई पनि लागेको छ, सरकारले आफ्ना ठाउँबाट पहल गरिरहेको छ’ भनेका थिए । मन्त्री भट्टले जेलरको कार्यकक्षबाट बाहिर निस्किएर पनि केहीबेर चौधरीसँग कुराकानी गरेका थिए ।

पछिल्लो समय चौधरीसम्बद्ध जसपालाई सरकारमा ल्याउने ध्याउन्नमा प्रधानमन्त्री केपी शर्मा ओली लागिपरेका छन् । जसपाले त्यसका लागि चौधरीसहित टीकापुर घटनामा मुद्दा चलाइएलाई बिना सर्त रिहा र मुद्दा खारजी गर्नुपर्ने अडान राखेपछि सरकार अदालतबाट भएको फैसलालाई चुनौती दिने गरी सौदाबाजी गर्नेसम्मका चलखेलमा जुटेको छ । कान्तिपुर दैनिकमा समाचार छ । 

Logo