०७८ सालमा १५ वटा कम्पनीको ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० बराबरको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ आउने तयारीमा रहेको छ। यी १५ वटै कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।
१५ वटा कम्पनीमध्ये ११ वटा जलविद्युत् कम्पनी, दुई वटा लघुवित्त कम्पनी र दुई वटा अन्य समूहका कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा जुटेका हुन्।
१५ वटा कम्पनीमध्ये सबैभन्दा बढी मध्यभोटेकोशी जलविद्युतले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो। यी १५ वटै कम्पनीले आईपीओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछन्।
पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। छोटो समयमा नै थोरै लगानीबाट आर्कषक प्रतिफल प्राप्त हुनाले पनि आईपीओ प्रति लगानीकर्ताको आकर्षण बढेको हो।

पछिल्लो समय नेपालको पूँजीबजारको इतिहासमै सबैभन्दा ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ। यस कम्पनीले आईपीओ निष्कासन गरेपछि डिम्याट खाताको संख्या ह्वात्तै बढेको छ।
यस कम्पनीको आईपीओ १५ लाख लगानीकर्ताले भरेका थिए भने अहिले आईपीओ भर्ने मात्र लगानीकर्ता १७ लाखभन्दा बढी रहेका छन्। आजसम्म डिम्याट खाताको संख्या ३३ लाख ५३ हजार ५९ पुगेको छ। यो वर्ष १२ वटा कम्पनीले ३१ करोड ९९ लाख १७ हजार ९६५ कित्ता आईपीओ निष्कासन गरेका छन्।अभियानबाट































प्रतिक्रिया