ओलीलाई सघाउने/नसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुँदै

ओलीलाई सघाउने/नसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुँदै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्ता साझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ ।

संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् । बाँकी ३२ सांसदमध्ये पूर्वराजपाबाट निर्वाचित १६ र पूर्व समाजवादी पार्टीबाट निर्वाचित १६ जना छन् । गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो ।

जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्व समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्व समाजवादीका केही सांसदले पूर्वराजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई साथ दिएका छन् । जसपामा यादव र ठाकुर दुवै अध्यक्ष छन् । ओलीसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले र कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गरेका छन् । पूर्व राजपा अध्यक्ष मण्डलका ६ जनामध्ये महेन्द्र यादवले उपेन्द्रलाई साथ दिएका छन् । नागरिक दैनिकमा समाचार छ । 

Logo