खाद्यान्नको अभाव हुँदैन, किनेर घरमा नथुपार्न उपभोक्तालाई आग्रह

खाद्यान्नको अभाव हुँदैन, किनेर घरमा नथुपार्न उपभोक्तालाई आग्रह

केन्द्रबिन्दु
0
Shares

विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले बिहिबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएको छ। निषेधाज्ञापछि खाद्यान्न अभाव हुन्छ कि भन्ने चिन्ता छ उपभोक्तामा।

कतिपय उपभोक्ताले विगतमा जस्तै यसपाली पनि खाद्य सामग्री खरिद गरी घरमा थन्क्याउन थालिसकेका छन्। काठमाडौँ उपत्यकामा लकडाउन भएपनि खाद्य वस्तुको कुनै अभाव नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। दोस्रो लहरको कोरोना रोकथामका लागि लकडाउन हुँदा आम उपभोक्तालाई खाद्य आपूर्तिमा समस्या हुन नदिइ मन्त्रालयले तयारी गरी रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन्।

लकडाउन हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन नदिइन आइतबार मन्त्रालयमा छलफलसमेत भएको उनले जानकारी दिइन्। उनले सरकारी र निजी क्षेत्रसँग पर्याप्त खाद्यान्न मौज्दात रहेको जानकारी दिँदै भनिन् ‘नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २३ हजार मेट्रिक टन बढी चामल मौज्दात रहेको छ।’ यसैगरी गाहुँ, धान, दाल गेडागुडी तेल पनि रहेको उनले बताइन्। 

बजारमा खाद्यान्न अभाव हुन नदिन र कालोबजारी गर्नेलाई बजार अनुगमन गरेर कारबाही गर्ने प्रवक्ता केसीले बताइन् । ‘निषेधाज्ञा जारी भएपछि पनि आपूर्तिमा कुनै समस्या आउन नदिन व्यवसायीहरुसँग छलफल भइसकेको छ। खाद्यान्नको अभाव हुँदैन अहिले नै उपभोक्ताले आत्तिएर खाद्यान्न किनेर घरमा राख्नु जरुरी छैन।’ उनले भनिन्। 

आपूर्तिमा समस्या आउन नदिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षमा आइतबार बसेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन आवश्यक काम गर्ने निर्णय भएको छ।

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारबाट ५० क्विण्टल चामल खरिदका लागि टेण्डर निष्काशन गरेको छ। यसैगरी, नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा ३० हजार क्विन्टल गहुँ खरिद प्रक्रिया पनि अगाडि बढेको छ। दुर्गम जिल्लाहरुमा समेत खाद्यान्नको मौज्दात रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका दुर्गम जिल्लाहरुमा रहेका डिपोहरुमा ३२ हजार ८ सय ४५ क्विन्टल चामल मौज्दात रहनुका साथै बिक्री वितरणसमेत भइरहेको छ।राजधानीबाट

Skip This
Skip This
Logo