नेपालमा एक महिनामै ५४३ संक्रमितको मृत्यु

नेपालमा एक महिनामै ५४३ संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा दोस्रो लहरको कोरोना संक्रमणका कारण एक महिनाको अवधिमा ५४३ जनाको मृत्यु भएको छ । 

गत चैत २४ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ रहेकोमा वैशाख २४ मा आइपुग्दा ५ सय ४३ जना थप भई मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार वैशाखको पहिलो सातादेखि संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेखनीय रुपमा बढेको हो।

गत २४ घण्टामा थप ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस अवधिमा कोरोना संक्रमण दर ४२.९ प्रतिशत छ । २४ घण्टामा परीक्षण भएका २० हजार ४ सय ८२ नमुनामध्ये ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ। नागरिकबाट

Skip This
Skip This
Logo