स्याउको बोटमा ढपक्कै फूल खेल्यो, मार्फाका कृषक उत्साहित

स्याउको बोटमा ढपक्कै फूल खेल्यो, मार्फाका कृषक उत्साहित

केन्द्रबिन्दु
0
Shares

स्याउको राजधानीको रुपमा लिइने हिमालपारिको जिल्ला मुस्ताङको मार्फामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा कृषक उत्साही भएका छन्।

स्याउ लगायतका फलफूलको फूल खेल्ने समयमा अहिले स्याउको बोटमा ढकमक्क फूल फुलेको छ। विगतको तुलनामा राम्रोसँग फूल फुलेको हुँदा परागसेचन राम्रो भयो भने उत्पादन पनि उल्लेख्य हुने अपेक्षा गरिएको मार्फाका स्याउ कृषक दीपक लालचनको भनाइ छ।

लालचन भन्छन्, यस वर्ष सिंचाइ गर्ने समय हिमपात भएकोले पनि स्याउको फूल राम्रो खेलेको होला। केही समय अगाडि परेको हिउँ अग्ला डाँडाहरुमा रहने हुँदा बर्खाको समयमा पनि सिंचाइका लागि हिउँ पग्लेर बगी रहने हुँदा स्याउको उत्पादन राम्रो हुने अपेक्षा गर्न सकिन्छ।

दिउँसो राम्रो घाम लागि रहेको र मौसम खुला हुने गरेकोले पनि स्याउको उत्पादन बढ्ने कृषकको अपेक्षा छ। दिउँसो घाम राम्रो लाग्दा माहुरी लगायतका परागसेचनका लागि मद्दत गर्ने कीराको आगमन बढी हुँदा त्यसको कारणले गर्दा उत्पादन बढ्ने अपेक्षा गरिएको कृषकको भनाइ छ।गोरखापत्रबाट

Logo