जसपामा दुई धार: यादव पक्षलाई नबोलाई संसदीय दलको नेतामा महतो चयन

जसपामा दुई धार: यादव पक्षलाई नबोलाई संसदीय दलको नेतामा महतो चयन

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को एक खेमाले उपेन्द्र यादव पक्षलाई नबोलाई नेता राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेको छ। अध्यक्ष महन्थ ठाकुर समूहले बिहीबारै भक्तपुरस्थित एक होटलमा महतोलाई दलका नेता छानेको एक नेताले बताए । ती नेताले होटलको उक्त भेलामा १८ सांसद सहभागी भएको जानकारी दिए।

यादव पक्षले भने महतोलाई नेता चयन गरेको बारेमा अनभिज्ञता जनाएको छ। संसदीय दलको विधान हुने र त्यो विधान केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको यादव पक्षको भनाइ छ। 

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने पक्षमा थिए। ठाकुर र महतो भने प्रधानमन्त्री ओलीका पक्षमा उभिएका हुन् । उनीहरूकै सहयोगका कारण ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। 

एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको ठाकुर र महतो पक्षले साथ नदिएपछि बिहीबार कांग्रेस र माओवादी केन्द्र संयुक्त सरकार गठनका लागि बहुमत जुटाउन असफल भएका थिए । त्यसपछि सबैभन्दा ठूलो दलका नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ठाकुर र महतोलाई सरकारमा आउन आह्वान गरेका थिए। 

डा. भट्टराई र यादव पक्षका सांसदले हालै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा विपक्षमा मत दिएका थिए । ठाकुर र महतो पक्षका सांसद भने तटस्थ बसेका थिए।अन्नपूर्णबाट

Logo