मेलम्ची आयोजना प्रभावित, केही मजदुर सम्पर्कविहीन

मेलम्ची आयोजना प्रभावित, केही मजदुर सम्पर्कविहीन

केन्द्रबिन्दु
0
Shares

सोमबारदेखिको निरन्तर अविरल वर्षाका कारण मेलम्ची खोलामा बाढी आएपछि मेलम्ची आयोजना प्रभावित भएको छ। आयोजनाको क्याम्पमा बसेका केही मजदुर सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

आयोजना निर्माणस्थलमा बुधबार हेलिकप्टरबाट केही मजदुरको उद्धार गरिएको छ। समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार १९/२० जना मजदुरको उद्धार गरिएको छ। उनले भने, “केही मजदुर सम्पर्कविहीन छन् खोजी कार्य जारी छ, बुधबार हेलिकप्टरबाट उद्धार कार्य भएको छ, आयोजनाको निर्माणस्थलमा जान सकिने अवस्था छैन।”

मेलम्ची खोलामा आएको बाढीले आयोजनाका निर्माणाधीन संरचनाहरू बगाएको छ। हेलिकप्टरबाट हेर्दा केही संरचना यथास्थानमै देखिन्छ भने केही संरचना बगाएको भत्किएको अवस्थामा देखिएको पन्तले जानकारी दिए। उनले भने, “आयोजनाको हेड वक्र्स डुबानमा छ, मुख्य बाँध डुबेको भए पनि आफ्नै आकारमा देखिन्छ, अस्थायी बाँध, बेलिब्रिजहरू बगाएको, भत्काएको छ।”

पानीको बहाव घटेपछि र आयोजना निर्माणस्थलमा पुगेपछि मात्र वास्तविक क्षतिको बारेमा जानकारी हुने समितिले जनाएको छ। साँझको समय भएकाले केही मजदुर डाँडातिर उक्लेको जानकारी पाइए पनि सम्पर्क हुन नसकेको पन्तको भनाइ छ। याङ्री र लार्के आयोजनाका लागि निर्माणाधीन सडक र पुलमा क्षति पुगेको छ। निर्माण सामग्री पनि बगाएको अनुमान गरिएको छ।

हाल मेलम्ची सुरुङको निरीक्षणका लागि सुरुङमा पानी पठाइएको छैन। पानी नपठाइएका कारण सुरुङमा भने क्षति हुन नपाएको समितिले जनाएको छ। मेलम्चीमा आएको बाढी सुरुङमा पस्न भने पाएन । पन्त भन्छन्, “सुरुङमा पानी पठाएको अवस्था भएको भए क्षति हुन सक्थ्यो, सुरुङमा बाढी पसेर जाम हुन सक्थ्यो, अन्य भौतिक क्षति पनि हुन्थ्यो, संयोगवश त्यो हुन पाएन तर सबै भौतिक क्षतिको यकिन अहिले नै भन्न सकिने अवस्था छैन, घटनास्थलमै पुगेपछि थाहा हुनेछ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo