कांग्रेसकाे क्रियाशील सदस्यताबारे पौडेल पक्ष गम्भीर

कांग्रेसकाे क्रियाशील सदस्यताबारे पौडेल पक्ष गम्भीर

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस १४औं महाधिवेशन विषयमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यता विवाद विषयलाई रामचन्द्र पौडेल पक्षले गम्भीररूपमा लिएको पाइएको छ।

पौडेल पक्षका नेताले क्रियाशील सदस्यता विषयमा बुधबार महाराजगन्जस्तित कांग्रेस महामन्त्री शशांक कोइराला निवासमा आफूनिकट छानबिन समिति सदस्यको ‘ब्रिफिङ’ सुनेका छन् । बैठकमा क्रियाशील छानबिन समिति सदस्य प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका छन्।

त्यसक्रममा पौडेल समूहले क्रियाशील विषयमा देखिएका विवाद मापदण्ड बनाएर तत्काल टुंग्याइनुपर्ने नभए विवादितलाई छाडेर पनि महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्य विवाद विषयमा गम्भीर छलफल भएको जानकारी दिए। उनका अनुसार ‘कसरी र के आधारमा मापदण्ड बनाएर विवाद समाधान गर्ने ?’ भन्ने विषयमा नेताबीच छलफल भएको छ।

‘क्रियाशील सदस्यता विवाद समाधान गर्न मापदण्ड बनाउन ढिलाइ भयो, महाधिवेशन सन्निकट छ, विवाद समाधान गर्ने विषयमा केही आधारबारे छलफल भए,’ बैठकबारे जानकारी दिँदै नेता केसीले भने, ‘नभए विवादित छाडेर निर्विवाद सदस्यतालाई मात्रै लिएर महाधिवेशनमा जानुपर्छ भन्ने कुराकानी भएको छ।’

बैठकमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू केसी, डा. शेखर कोइराला, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाललगायत सहभागी भएका छन्।

सहभागी एक नेताका अनुसार नेताबीच संस्थापनइतर समूहबाट महाधिवेशनमा नेतृत्वका आकांक्षी धेरै देखिँदा समस्या आउन सक्ने विषयमा समेत छलफल भएको छ। बैठकमा सहभागीमध्ये अधिकांश नेता आगामी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन्। उनीहरूमध्ये केहिले नेताका घरघर पुगेर आन्तरिक भेटघाटसमेत थालेका छन्।राजधानीबाट

Skip This
Skip This
Logo