नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो। कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा। आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा। प्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो।
इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई बढुवा गरिएको छ। इन्जिनियरिङ सेवातर्फ बज्राचार्यसहित सुशिलचन्द तिवारी र गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरिएको थियो।
प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस पाण्डेलाई सचिवमा बढुवा गरिएको छ।
पाण्डेसहित मसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो। डा। रेग्मीको हकमा उनको मात्रै सिफारिस भएको थियो। यो समाचार अन्नपूर्ण पोस्मा छ





























प्रतिक्रिया