सरकारद्वारा १ करोड ५० लाख मात्रा खोप खरिद प्रक्रियामा

सरकारद्वारा १ करोड ५० लाख मात्रा खोप खरिद प्रक्रियामा

केन्द्रबिन्दु
0
Shares

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा सिंहदरबार छोड्नुअघि देशबासीको नाममा सम्बोधन गर्दै कोभिडविरुद्धको १ करोड ५० लाख मात्रा खोप सहुलियत दरमा खरिद प्रक्रियामा रहेको दाबी गरेका छन्।

ओलीले जोन्सन एन्ड जोन्सनबाट ५० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनेकाबाट २० लाख मात्रा गरि कुल १ करोड ५० लाख खोप खरिद गर्ने प्रक्रियामा रहेको बताए।

उनले भारतबाट कोभिसिल्ड अनुदानमा ११ लाख र १० लाख मात्रा खरिदबाट, चीनबाट भेरोसेलको १८ लाख मात्रा अनुदान र ८ लाख मात्रा खरिदबाट र कोभ्याक्स सुविधामार्फत अमेरिकाको जोन्सन एन्ड जोन्सन खोप १५ लाख मात्रा नेपालमा आइसकेको र हालसम्म २६ लाख नागरिकले एक मात्रा र १० लाखले दोस्रो मात्रासमेत लगाइसकेको बताए। 

उनले मंगलबार जापानले थप १६ लाख मात्रा एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत पठाउने निर्णय गरेको पनि उल्लेख गर्दै कोभ्याक्सले थप ३ लाख ५० हजार मात्रा पठाउन लागेको समेत जानकारी गराए।

ओलीले १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने थप ६० लाख मात्रा फाइजरको खोप पनि खरिद गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी पनि दिए। उनले भने,– ‘सन् २०२१ को अन्त्यसम्ममा अधिकांश नागरिकले खोप पाउनेछन्। त्यसका लागि खोपको व्यवस्था गरेका छौं। खोप आउने क्रम र लाउने क्रम सुरु भइसकेको छ।’नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo