कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

केन्द्रबिन्दु
0
Shares

देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने रु आमसर्वसाधारणमा अन्योलता छाएको छ ।

केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।

खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा बुधबार खोप लगाउन पुगेकी २८ वर्षीय शारदा कुवँरले भनिन्, ‘खोप लगाउने क्रममा मलाई उमेर सोध्नु भयो अरू केही सोध्नु भएन अनि लगाइहाले ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्तिले खोप लगाउन मिल्दैन । यस्तै, यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएको व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाउन मिल्दैन । राजधानी दैनिकमा समाचार छ ।

Logo