काभ्रे कांग्रेसमा महाधिवेशनको चटाराे, काे-काे छन् प्रतिश्पर्धी?

काभ्रे कांग्रेसमा महाधिवेशनको चटाराे, काे-काे छन् प्रतिश्पर्धी?

केन्द्रबिन्दु
0
Shares

१४ औं महाधिवेशनको संघारमा रहेको भर्खरै सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन श्रावण १२ गतेदेखि सुरु हुँदैछ। केन्द्रदेखि वडा तहसम्म गुट उपगुटमा विभाजित रहेको कांग्रेसको भदौ २ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ।

अधिवेशन नजिकिएसँगै जिल्लामा नेतृत्व हत्याउन नेताहरुले गुट उपगुटलाई थप मजवुत बनाउँदै लगेका छन्। पार्टी छाेडेका, पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी हराएका थुप्रै ब्यक्तिहरुको क्रियाशील सदस्यता नवीकरण भएर आएको छ भने वास्तविकरुपमा कांग्रेस भएकाहरुले सदस्यता प्राप्त गर्न सकेका छैनन्। केही दिनभित्र टुङ्गो लाग्ने भने पनि सबै गुट तथा उपगुट र क्रियाशीलहरुलाई सदस्यता के हुने हो भन्ने त्रास बढेको छ।

कांग्रेसभित्र केन्द्रमा मुख्य तीन गुट रहेको छ। संस्थापन पक्षमा सभापति शेरवहादुर देउवा गुट छ भने संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुट छ। साथै प्रभावशाली नेताहरुको छुट्टाछुट्टै उपगुट पनि रहेको छ। भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशनको मिति तय गरेको कांग्रेसको अधिवेशनले अहिले सबै जिल्ला तात्न थालेको छ। केन्द्रीय तहमा संस्थापन पक्षको एउटा र संस्थपन इतर पक्षको अर्को समीकरण बनाउने प्रयास भैरहको बेला यहाँ भने सिटौला पक्षका नेता केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं र पौडेल पक्षका नेता मधु आचार्य गुट मजवुत बन्दै गएका छन् । काभ्रेमा रमाइलो पक्ष के छ भने हुमागाईं र आचार्य दुवै गुटमा देउवा पक्षका जिल्ला स्तरीय प्रभावशाली नेताहरु पछि लागेका छन्।

जिल्ला नेतृत्वमा आचार्यको दोहोर्याउने दाउ

१३ औं महाधिवेशनमा हुमागाईंको साथ र सहयोगमा सभापति बनेका मधुप्रसाद आचार्य फेरी दोहोर्याउने दाउमा रहेका छन्। उनको गुटमा सभापतिका आकाक्षी अच्युत पौडेल, कञ्चन बादे, तीर्थ पसखल, महेश खरेल भए पनि सकेसम्म आफैं सभापति बन्ने कोसिसमा आचार्य रहेको उनी निकट नेताहरु बताउँछन् । आचार्यले उल्लेखित नेताहरु सबैलाई सभापतिको लागि सघाउने बचन दिएको भए पनि अन्तमा उनीहरुलाई एक आपसमा विभाजित गरेर आफैं नेतृत्व लिने रणनीति अपनाएको बुझिएको छ। 

आचार्यले आफू सभापति हुन नसके खरेललाई अघि सार्ने सम्भावना रहेको छ। यो गुटको अर्को रमाइलो पक्ष भने यहा रहेका नेताहरु एकले अर्कोलाई प्रयोग गर्ने रणनीतिमा छन्। आचार्य आफू नभए खरेललाई ल्याउदा अरुभन्दा जुनियर भएकोले आफ्नो मातहतमै रहने भन्ने बुझाई छ। आचार्य समूहमा स्थानीय तहका पाँचखाल, तेमाल, रोशी पालिकाका केही जनप्रतिनिधि छन् भने हुमागाईं समूहमा बेथान्चोक, रोशी र पाँचखालका केही जनप्रतिनिधि छन्।

काभ्रे कांग्रेसभित्र केन्द्रिय सदस्य हुमागाईं गुट आचार्य गुट भन्दा सशक्त र निर्णायक मानिन्छ। हुमागाईं गुटभित्र तीर्थ लामा, रमेश हुमागाईं, दिनेश लामा, हर्षजित लामा, कुन्साङ लामा लगायतका नेताहरु छन् । यो गुटमा जिल्ला नेतृत्वको लागि तीर्थ लामा, रमेश हुमागाईं र दिनेश लामा नेतृत्व हत्याउने दाउमा छन्। तीर्थ लामा र रमेश हुमागाईं भने एक क्षेत्रिय सभापति एक जिल्ला सभापति बन्ने दाउमा छन् । 

यता निर्वाचित सचिव भएको हुँदा सभापतिमा आफ्नो दाबी स्वभाविक भएको दिनेश लामाले बताउँदै आएका छन्। नत्र उनी पनि संघीय सभापतिका दाबेदार हुन्। केन्द्रिय सदस्य हुमागाईंले भने जिल्ला नेतृत्वमा आउने की नआउने भन्ने बारेमा क्षेत्रीय अधिवेशनपछि मात्र निर्णयमा पुग्ने जनाएको उनी निकट एक नेताले बताएका छन्।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo