किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन् । ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना गर्छन् नै भन्ने छैन,’ उनले भने ।

नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा. गणेशकुमार राई कोरोनाको तेस्रो संक्रमणमा बालबालिका प्रभावित हुने बताउँछन् । ‘ठूला व्यक्ति संक्रमणसँग जुधेका छन् । उनीहरूमा एन्टीबडी बनिसकेको छ,’ डा. राईले भने, ‘१८ वर्षमुनिका बालबालिकाले खोप पनि पाएका छैनन् । त्यसैले रोगसँग लड्ने क्षमता पनि न्यून छ । त्यसैले बढी बालबालिका बढी प्रभावित हुने आंकलन गरिएको छ ।’

विद्यार्थी चढ्ने बस र विद्यालयमा पनि भौतिक दूरी पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन् । जोखिम अवधिभर सामूहिक क्रियाकलाप गराउन नहुने डा. प्याकुरेलले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

Logo