सञ्चालनमा नआउँदै सकियो नेपाली रेलको ‘वारेन्टी’, एक वर्षदेखि पालमै

सञ्चालनमा नआउँदै सकियो नेपाली रेलको ‘वारेन्टी’, एक वर्षदेखि पालमै


नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ। रेल एक वर्ष अघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको थियो। दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जाकारी दिए।

नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग खरिद गरि दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याइ नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो। सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर राखिएको छ।

खरिद गरेको एक वर्ष पूरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताए। रेलको अनुगमन हुन बाँकी छ, बाहिरबाट हेर्दा ठिकै देखिन्छ भन्दै महाप्रबन्धक झाले भने, ‘कानुन अभावमा रेल सञ्चालन हुन सकेको छैन। कानुन आएपछि प्राविधिक टोलीलाई बोलाई रेल सञ्चालनमा ल्याइनेछ।

किनिएको दुवै सेट रेलको गत वर्ष नै ट्रायल गरिए पनि सञ्चालनमा आउन भने अझै समय लाग्ने झाले बताए। खुला आकाशमा पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको र खियासमेत लाग्न थालेको स्थानिय बताउँछन्। वारेन्टी अवधिमा इन्जिन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आएमा निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ। परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नुपर्ने, मोबिल फेर्नुपर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु निर्माण कम्पनीको भनाइ छ।गाेरखापत्रबाट
 

Logo