चाडपर्व नजिकिएसँगै तरकारीको भाउ अचाक्ली बढ्याे

चाडपर्व नजिकिएसँगै तरकारीको भाउ अचाक्ली बढ्याे


दुई साता यता तरकारीकाे भाउ अचाक्ली बढेको छ। चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ।

भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपैंयाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपैंयाँ पुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपैयाँ पुगेको समितिले जनाएको छ। समितिका अनुसार तुनेबोडी प्रतिकेजी ६५ रुपैयाँबाट १३० रुपैयाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपैयाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपैयाँ पुगेको छ। त्यसै सुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपैयाँ पुगेको समितिले जनाएको छ।

समितिका अनुसार बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ। समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा तरकारीको आयात कम भएर नभई उत्पादनको लागत बजारमा माग बढेकाले महँगो भएको हुनसक्ने बताए।

उनले भने, तरकारी आयातमा कुनै समस्या छैन नियमित निर्वाध रूपमा तरकारी आइरहेको छ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल मर्हजनले तरकारी पर्याप्त आउँदा पनि उपभोक्ता महँगीको मार सरकारको बजार अनुगमन प्रभावकारी नहुँदाको परिणाम रहेको बताए।

विभागका महानिर्देशक प्रकाश पौडेलले तरकारीको कारोबारमा हुने तह घटाउन सके मात्रै मूल्य नियन्त्रण हुने बताए। अहिलेको समस्या उत्पादन किसानदेखि उपभोक्तासम्म आइपुग्दाबीचको तहमा रहनेले बजारको माग हेरेर मूल्यमा बढी चलखेल गर्ने गरेको र यसलाई हटाउन नसक्दा मूल्य समस्या आइरहेको उनले भने।गोरखापत्रबाट

Logo