प्रदेश २: मुख्यमन्त्रीकाे कार्यालयमा अख्तियारको छापा

प्रदेश २: मुख्यमन्त्रीकाे कार्यालयमा अख्तियारको छापा

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। 

आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको समाचार बाहिरिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको जानकारी दिए।

उनका अनुसार ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका लागि करिब ११ करोडका १७ हजार साइकल सार्वजनिक खरिद ऐन नियमको मापदण्ड विपरित खरिद गरेको भन्ने विषयमा आयोगको निर्णयबाट आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालय पुगेको थियो।

संयुक्त टोलीले कागजात जफत गरेको उनले बताए। ‘कागजात नियन्त्रणपछि ती कागजातहरुलाई बर्दिबासले आयोगको केन्द्रीय कार्यालय टङ्गाल पठाउँछ,’ उनले भने, ‘त्यसपछि तुरुन्तै अनुसन्धान शुरु हुन्छ।’गाेरखापत्रबाट

Logo