पाेषणविद्हरूकाे सुझाव, ‘दशैँमा खानपानमा ध्यान दिन आवश्यक’

पाेषणविद्हरूकाे सुझाव, ‘दशैँमा खानपानमा ध्यान दिन आवश्यक’

केन्द्रबिन्दु
0
Shares

हामी दशैँ मनाउँदै छाैं। दशैँको धार्मिक, सामाजिक पक्ष र महत्व आफ्नै ठाँउमा छ, यसको सांस्कृतिक पक्ष पनि छ।

खासगरी, आफन्तहरुसँग बसेर रमाइलो गर्ने, टीका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिने एउटा महत्वपूर्ण अवसर पनि हो, दशैँ पर्व। त्यस्तै, दुःख गरेरै भए पनि मिठो मसिनाे खानुपर्ने रुपमा सदियौँदेखि दशैँलाई लिइँदै आएको छ।

दशैँ लागेसँगै हाम्रो खानपानमा समेत परिवर्तन आउँछ। विशेषतः विभिन्र परिकार तथा मासुजन्य पदार्थको प्रयोग यस समयमा बढी हुने गर्दछ। अरु समयमा भन्दा दशैँमा खसी, बोका तथा च्याङ्ग्राको माग पनि अत्याधिक हुनेगर्छ।

हाम्रो समाजमा दशैँको समयमा ऋण काढेरै भए पनि मासु जोहो गर्ने चलन छ। मानिसहरु दशैँको चाडलाई माछा मासुसँग पनि जोडेर हेर्छन्। यसैले दशैँ भन्ने बित्तिकै मासु र यसका परिकारले धेरैको मुख रसाउँछ। पौष्टिक दृष्टिकोणले माछा मासु पौष्टिक वस्तु हो।

मासु आफैँमा पनि चिल्लो पदार्थ हो तर यसलाई तेलमा लपक्क पकाउँदा चिल्लो पदार्थको मात्रा अत्यधिक हुने गर्दछ। तर, आवश्यकताभन्दा बढी खाएमा यसले नकारात्मक असर गर्न थाल्दछ।

स्वस्थ मानिसले कति मात्रा मासु खाने भन्ने कुरा नबुझ्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको छ। पोषणविद् डा. उत्तम आचार्यले दशैँको समयमा माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ने बताएका छन्। मासु आफैँमा पनि चिल्लो पदार्थ बढी भएको खाद्य पदार्थ भएकाले धेरै तेलमा पकाएर खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न सक्ने उनले बताए।

स्वास्थ्यका लागि रातो मासु भन्दा सेतो मासु बढी स्वस्थकर भएको कारणले सकेम्म कुखुरा तथा पंक्षीजन्यको मासु प्रयोग गर्नु उपयुक्त हुने उनी बताउँछन्। मासु कतिमात्रामा खाने भन्नेकुरा उमेरका आधारमा निर्भर रहने भएकाले कम उमेर समूहकाले भन्दा दीर्घरोगी, मोटोपना बढी भएका तथा ज्येष्ठ नागरिकहरुले कम खान उनले सुझाए।

मासुसँगै मदिरा पनि खाने गरेका कारण यसले मुटुको पनि समस्या निम्त्याउन सक्ने आचार्यको भनाइ छ। ‘दशैँको बेला मानिसहरुले अन्य सागसब्जीहरु कम खाने तर मासु बढी खाने गर्दछन्, त्याे गलत हो, बेलाबेला फलफूल र सागसब्जी पनि खानुपर्दछ ’, उनले भने। खसी, बोकाको तुलनामा माछाको मासु स्वस्थकर मानिने उनको भनाइ छ। मासुलाई लामो समय फ्रिजमा राखेर प्रयोग गर्दा यसले असर गर्ने भएकाले स्वच्छ मासु मात्र प्रयोग गर्न पनि उनको आग्रह छ।गाेरखापत्रबाट

Logo