बैंक लुटन आएका लुटेराले गोली चलाउँदा एक जना घाइते, तीन पक्राउ

बैंक लुटन आएका लुटेराले गोली चलाउँदा एक जना घाइते, तीन पक्राउ

केन्द्रबिन्दु
0
Shares

मोरङ जिल्लाको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा सिटिजन बैंकको शाखा कार्यालय लुट्न आएको समूहले गरेको गोली प्रहारबाट एकजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाइ पक्राउ गरेको छ।

सोमबार दिउँसो सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो। घाइते व्यक्ति बैंकको गार्ड भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बैंक लुट्न आएको समूहले गोली चलाएको स्थानीयबासीले बताएका छन्। मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बैंक लुट्ने प्रयासको क्रममा लुटेरा समूहले गोली चलाएको र त्यसमा संलग्न तीन जनालाई पक्राउ गरेको बताए। घटनाको सन्दर्भमा प्रहरीले थप अनुसन्धान सुरू गरेको छ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo