‘स्वचालित मूल्यसूची लागू गर्ने हाे भने पेट्रोल प्रतिलिटर १५२ रुपैयाँ पर्छ’

‘स्वचालित मूल्यसूची लागू गर्ने हाे भने पेट्रोल प्रतिलिटर १५२ रुपैयाँ पर्छ’

केन्द्रबिन्दु
0
Shares

पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ। पेट्रोलियम पदार्थको अस्वभाविकरूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन्।

नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ। मुख्यतया तीन वटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजार नै हो। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२/८३ डलर पुगेको छ।

गत वर्षको मंसिरमा प्रतिब्यारेल ४१ डलर थियो। एक वर्षमा दोब्बर भएको छ। उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका साथै डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यनले पनि प्रभाव पारेको हुन्छ।’ निगमका अनुसार हाल भइरहेको मूल्यवृद्धि होइन समायोजन हो। अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्यसूची लागू गर्दा हाल पेट्रोल प्रतिलिटर १५२ रुपैयाँ पर्छ।

निगमले प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेको पेट्रोललाई ५७.७३ रुपैयाँ कर थपेर १३६ रुपैयाँमा बिक्री गरिरहेको छ। डिजेलमा सम्पूर्ण कर प्रतिलिटर ४०.४१ रुपैयाँ लिँदै आएको छ। मट्टितेलमा प्रतिलिटर १५.०२ रुपैयाँ कर लिइएको छ। गोरखापत्रबाट

Skip This
Skip This
Logo