विकास बैंकद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कसकाे अवस्था कस्ताे?

विकास बैंकद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कसकाे अवस्था कस्ताे?

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १६ वटा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त वित्तीय विवरण अनुसार १६ वटा सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ। 

कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ६० करोड २४ लाख नाफा कमाएको हो। यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने २ दशमलव १४ प्रतिशतले घटेको हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६१ करोड ५५ लाख नाफा कमाएको थियो। 

त्यसैगरी, दोस्रोमा गरिमा विकास बैंकले ४९ करोड २९ लाख नाफा कमाएको छ। दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका १६ वटा कम्पनीमध्ये तीन कम्पनी नोक्सानीमा रहेका छन् भने बाँकी सबै नाफामा रहेका छन्। 

नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक नोक्सानीमा रहेका छन् । यी तीन कम्पनीमध्ये सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकले ३ करोड २५ लाख नोक्सानी व्यहोरेको हो। त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंकले १ करोड ६३ लाख  र नारायणी डेभलपमेन्ट बैंक ५९ लाख ९८ हजार नोक्सानीमा रहेका छन् ।

त्यसैगरी, वित्तीय विवरण सार्वजनिक १६ वटा कम्पनीमध्ये प्रतिशतका अधारमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा बढी ५८ प्रतिशत वृद्धि भएको छ। कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा १६ करोड ४८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर २६ करोड १८ लाख पुगेको हो । त्यसैगरी दोस्रोमा लुम्बिनी विकास बैंकको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत वृद्धि भएको छ। 

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा २६ करोड १८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ३५ करोड १७ लाख पुगेको छ । नाफामा रहेका १३ वटा कम्पनीमध्ये सबैभन्दा कम ग्रीन  डेभलपमेन्ट बैंकले १८ लाख ५ हजार नाफा कमाएको हो ।अभियान दैनिकबाट

Skip This
Skip This
Logo