इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

केन्द्रबिन्दु
0
Shares

आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ ।

विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो।

आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । 

इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएसँगै थप ९०० नेपाली साउनको दोस्रो साताबाट इजरायल जाने वैदेशिक रोजगार विभागमा निर्देशक श्रीचन्द्र साहले बताए। इजरायल जाने युवाको सबै प्रक्रिया पूरा गरेर भिसा प्राप्त भए लगत्तै सातामा २ वटा उडानमार्फत छनोट भएका सबै युवालाई पठाउने तयारी गरिएको छ ।  कारोबार दैनिक

Skip This
Skip This
Logo