लोकदर्शन रेग्मी भए नयाँ मुख्यसचिव

लोकदर्शन रेग्मी भए नयाँ मुख्यसचिव


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ कात्तिक ।

मन्त्रिपरिषद बैठकले सरकारका मुख्य सचिवमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।

आज बिहान बसेको बैठकले सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेको हो । उमेर हदका कारण मुख्यसचिव राजेन्द्र क्षेत्रीले अवकाश पाएपछि सरकारले सचिवहरुको बरियताक्रममा तेश्रो स्थानमा रहेका रेग्मीलाई नियुक्त गरेको हो ।

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । उनीहरू तीनै जना २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा थिए ।

क्षेत्री भन्दा अगाडिका मुख्य सचिव डा। सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान गएपछि मुख्य सचिव पद खाली भएपछि क्षेत्रीलाई २९ असारमा मुख्य सचिव बनाइएको थियो । ५८ वर्षे उमेर हदका कारण भोलिबाट क्षेत्री विदा हुँदैछन् ।

Logo