सन्दीप लामिछानेलाई थुनामा राख्‍ने आदेशविरुद्धको सुनुवाइ स्थगित

सन्दीप लामिछानेलाई थुनामा राख्‍ने आदेशविरुद्धको सुनुवाइ स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पेसी स्थगित भएकाे छ ।

लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा बिहीबार सुनुवाइ तोकिए पनि स्थगित भएको हो । सर्वोच्च बारको अधिवेशनमा कानुन व्यवसायीहरु व्यस्त हुने भएपछि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन्। 

नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अदालतमा प्रमाण पेश गरेका छन्। 

Skip This
Skip This
Logo