आउटरिचले चीनमा सम्पन्न इसिआई अवार्डस् २०२२ मा २ काँस्य जित्यो

आउटरिचले चीनमा सम्पन्न इसिआई अवार्डस् २०२२ मा २ काँस्य जित्यो

केन्द्रबिन्दु
0
Shares

चीनमा सम्पन्न इसिआई अवार्डस् २०२२ मा आउटरिचले २ वटा काँस्य पुरस्कार जितेको छ । नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट एण्ड मोडल इनोभेसन एण्ड मार्केटिङ इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको हो । 

ग्लोबल इसिआई अवार्डस् २०२२ विजेताको घोषणा ३० डिसेम्बर, २०२२ माग गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु प्रोडक्ट एण्ड मोडल इनोभेसन, मेटाभर्स एप्लिकेसन इनोभेसन एण्ड मार्केटिङ इनोभेसनतर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ स्विट्जरल्याण्ड, इटली, क्यानडा, नेपाल, अमेरिका, युके, साउदी अरेबिया, ब्राजिल थाइल्याण्ड, टाइपेई सिटी, अस्ट्रेलिया लगायतका देशहरु रहेका छन् ।

समारोहमा इसिआई अवार्डसका प्रमुख श्री लिजुनजिया (डा. ओवेन) ले चीनमा चलिरहेको महामारीका कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।

इसिआई अवार्डस् इन्टरनेसनल अन्ट्राप्रिउनर क्रिएटिभस् एण्ड इनोभेट्स एशोसिएसनद्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो । 

Logo