भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवैध मदिरा बरामद

भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवैध मदिरा बरामद

केन्द्रबिन्दु
18
Shares

नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा रौतहटबाट प्रहरीले ११ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा नजिकबाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो जिपमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा नियन्त्रणमा लिएको हो।

प्रहरीलाई देखेपछि गाडी चालक भने फरार भएको तथा गाडीबाट १ सय २२ कार्टुन सौफी मदिरा बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए। भारतको बिहार राज्यमा सरकारले मदिरा नषेध गरेकोले नेपालबाट भारततर्फ मदिरा तस्करी हुने गरेको प्रहरीको भनाइ छ।

Skip This
Skip This
Logo